पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिश
फाइल तस्वीर
काठामडौं। सरकारले यही पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ। शुक्रबार अबेर बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो।
शुक्रबार मन्त्रिपरिषद पुनर्गठनपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो। संसदका दुई अधिवेशनबीच ६ महिनाभन्दा धेरै ग्याप गर्न नहुने संवैधानिक व्यवस्था रहेकाले पुस १७ गतेसम्म अनिवार्य अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता थियो।
प्रतिनिधिसभा विघटन भएकाले राष्ट्रिय सभाकोमात्र अधिवेशन आह्वान भएको हो। दुई सदनात्मक व्यवस्थापिका अनुसार राष्ट्रिय सभा स्थायी सदन हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment