फुर्सदिलाका लागि गजबकाे गन्तव्य न्यूराेडकाे ‘अम्रेला स्ट्रीट’
काठमाडौं । अचेल काठमाडौंको न्यूरोडको एउटा गल्ली यूरोपको जस्तै देखिन थालेको छ। नदेखियोस् पनि कसरी युरोपबाट आएका युवाले ल्याएको योजना न हो।
नेपालमा पनि विश्वका अरु देशहरुमा झै कोरोनाले सबै व्यवसाय ठप्प बनायो। दैनिक लाखौंको व्यापार हुने न्यूरोड क्षेत्र सुनसान हुन थाल्यो। फुर्सद नपाउने न्यूरोडका व्यापारीहरु चियाको चुस्कीमा रम्न थाले। अनि कुरा उठ्यो व्यापारको।
न्यूरोडको व्यापारलाई पहिलाको अवस्थामा फर्काउने योजनाले चियामा अझै मिठास थपिदिएको थियो। त्यो मिठास थपिएको चियाले ‘अम्रेला स्ट्रीट’को अवधारणा दिमागमा ल्यायो। यूरोपतिर गएको बेला देखेको कुरालाई संकटा क्लबका सचिवले चियाको चुस्की सँगै मिठीएको मुखारबिन्दुबाट बाहिर ल्याए।
लगतै पैसा संकलन भयो र काम सुरु भयो। अहिले दैनिक हजारौँ मान्छेले न्युरोडको ‘अम्रेला स्ट्रीट’मा फोटो खिचाउने र टिकटक बनाउने गर्छन्। फुर्सदिला र घुम्न रुचाउने मान्छेका लागि गन्तव्य भएको छ न्युरोड।
न्यूरोड पुगेर डिसी नेपालकर्मी फूर्पा शेर्पाले खिचेका केही तस्वीरहरु :



No ads found for this position

डिसी नेपाल
Facebook Comment