नेकपा विभाजनको प्रभाव प्रदेश सरकारमा, एक नम्बर प्रदेश सरकारले बोलायो प्रदेशसभा बैठक
काठमाडौं। दुई समूहका विभाजित बनेको सत्तारुढ दल नेकपाको विवाद प्रदेश सरकारमा सरेको छ। केन्द्रमा दुई समूहका विभाजत बनेपछि त्यसको असर प्रदेश सरकारमा देखिएको हो।
शुक्रबार बाग्मती सरकारका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वासको प्रस्ताव गर्दा गराएको दुई दिनपछि एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव गर्दा हुन लागेपछि मुख्यमन्त्री राईले प्रदेशसभा बैठक बोलाएका छन्।
आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले माघ सा तगते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख सक्षम सिफारिस गरेको छ। आफू विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको थाहा पाएपछि मुख्यमन्त्री राईले शनिबार अर्थमन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment