कमिशन घटाएपछि सेयर ब्रोकर आक्रोशित
काठमाडौं। सेयर कारोबार गर्ने ब्रोकरहरुले नेपाल धितोपत्र बोर्डले लागु गरेको ब्रोकर कमिशन पुर्नविचार गर्न आग्रह गरेका छन्।
स्टक ब्रोकर एशोसिएसनले बोर्डलाई ज्ञापनपत्र बुझाउँदै नयाँ कमिशन दरले टिक्न नसकिने र दुई /चार दिनको कारोबारलाई हेरेर घटाएको कमिशनले स्थायी हुनेमा कोही पनि ढुक्क नभएको भन्दै दिर्घकालिन हुनेगरी पुर्नविचार गर्न आग्रह गरेको छ।
ब्रोकर कमिशन घटाएलगत्तै ब्रोकरहरुले तत्काल नयाँ कमिशन दर पुनरावलोकन गर्न बोर्डलाई अनुरोध गरेका हुन्। यस्तै ब्रोकरहरुलाई आम्दानीका अन्य स्रोतको पनि तत्काल व्यवस्था गर्न, व्यवसायीले अहिले भोग्नु परेको वित्तीय जोखिमको व्यवस्थालाई सुधार गर्न जोखिम व्यवस्थापन प्रणाली सुरु गर्न पनि बोर्डलाई अनुरोध गरेका छन्।
कमिशन घटाएर मात्रै नयाँ लगानीकर्ता आकर्षित नहुने जनाउँदै एशोसियसनले यतिबेला लगानीकर्ताको विश्वास अभिबृद्धि गर्नुपर्ने, किनबेच भएको पैसा सहजै पाउने बातावरण सुनिश्चित गर्नुपर्ने, बजारलाई गतिशिल बनाउने हो भने इन्ट्राडे टे«डिङ गराउनु पर्ने, सेक्युरिटी ल्यान्डिङ, बरोइङ् ल्याउनु पर्ने, संस्थागत लगानीकर्ता ल्याउनु पर्ने, बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गर्नुपर्ने काम चाँडो गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ।










डिसी नेपाल







Facebook Comment