जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री लम्साल

डिसी नेपाल
२१ असार २०८३ २२:०६

दमौली (तनहुँ) । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताएका छन्। तनहुँको दमौली र दुलेगौँडामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग छलफल गर्दै उनले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे।

मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पु¥याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए। उनले तनहुँका लागि रु चार अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन सरोकार भएकाहरूलाई आग्रह गरे।

छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *