नेकपा मिलाउन चिनियाँ चासो, प्रचण्ड–नेपाल समूहका शिर्ष नेतासँग भेटघाट
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्ुनिष्ट पार्टी (सीपीसी)का अन्तराष्ट्रिय विभाग उपमन्त्री गेओ येझाउ सहित चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा नेकपाका बरिष्ठ नेता समेत रहेका नेपालले सवाघण्टा कुराकानी गरेका हुन। नेकपाको विवादले पार्टी दुई भागमा बाँडिएका बेला चिनियाँ नेताहरुले नेकपाका नेतासँग भेघाट अगाडी बढाएका छन्।
आइतबार पीपीई सहित विमानस्थलमा देखिएका चिनियाँ नेताहरुले सोमबार विहान नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रचण्ड–नेपाल समूह संसदीय दलका नेता पुष्प कमल दाहाललाई पनि भेटघाट गरेका छन्।
पार्टीको आन्तरिक कलहका कारण प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूह गरी नेकपा दुई समूहमा बाढीँएको छ। दुबै पक्षले आफूमात्र आधिकारीक भएको दाबी गर्दैै आएका छन्।
यद्दपी, चिनिया कम्युष्ट पार्टीका नेतहरुले नेकपाको औपचारिक विभाजन रोक्ने अन्तिम कोशिस गरिरहेका छन्। यसअघि आइतबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई टोलीले शितलनिवासमा भेटघाट गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment