संसद विघटनका विरुद्ध सडकमा उत्रियो कांग्रेस, ७७ वटै जिल्लामा विराेध प्रदर्शन
काठमाडौं। नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्ध आन्दोलन सुरु गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णंय अनुसार क्षेत्रीय कार्यसमितको आयोजनामा आज देश भरका सबै संघीय संसद निर्वाचन क्षेत्रमा आन्दोलन गरेको हो।
काठमाडौंका सबै निर्वाचन क्षेमा आन्दोलनको सुरुवाती भएको छ। कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंबैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै यसका विरुद्धमा प्रदर्शन सुरु गरेको हो।
उपत्यकामा ललितपुर जिल्लाको क्षेत्र नं. १,२ र ३ को संयुक्त विरोध प्रदर्शन कार्यक्रम लगनखेलमा हुँदैछ। भने काठमाडौ जिल्ला क्षेत्र नं. १ को विरोध प्रदर्शन कार्यक्रम विजुली बजारमा भेला भई नाराजुलुस सहित नयाँबानेश्वर पुगेकाे नेपाली कांग्रेसले जनाएको छ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. २ को विरोध कार्यक्रम तिनकुने र पेप्सिकोला चोकमा भेला भई कोटेश्वर, ३ नं. क्षेत्रको जोरपाटी चोक क्षेत्र नं. ४ को विरोध प्रदर्शन सिफल चौर हुँदै नारायण चौर नक्साल र क्षेत्र नं. ५ को विरोध प्रदर्शन कार्यक्रम बसुन्धारा चोकमा भेलाभई नारायण गोपाल चोकमा गएकाे नेपाली कांग्रेसले जनाएको छ।
यस्तै, क्षेत्र नं. ६ को मनमैजुको लोकतान्त्रिक चोक, क्षेत्र नं. ७ को वनस्थली,बाइपास र सोह्रखुट्टे चोकमा जम्मा भई बालाजु चोकमा ८ नं. क्षेत्रको विरोध प्रदर्शन कार्यक्रम वसन्तपुर र ९ को विरोध प्रदर्शन कार्यक्रम कलंकी चोकमा भेला भई मोटरसाइकल र्याली न्युरोड पुगेर पुनः कलंकी चोकमा विरोध प्रदर्शन गर्ने त्यस्तै, क्षेत्र नं. १० को विरोध प्रदर्शन कार्यक्रम लोकतान्त्रिक चोक कीर्तिपुर भइरहेको नेपाली कांग्रेसले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment