चर्चित भारतीय गायक शानमाथि स्टेजमै आक्रमण

डिसी नेपाल
१३ कार्तिक २०७५ १३:०२

एजेन्सी। चर्चित भारतीय गायक शानमाथि आक्रमण भएको छ। लाइभ कन्सर्टको क्रममा उनीमाथि स्टेजमै ढुंगा प्रहार भएको हो।

असमको गुवाहाटीमा लाइभ कार्यक्रमको क्रममा उनीमाथि आक्रमण भएको थियो। स्टेजमा प्रस्तुती दिइरहेका बेला उनीमाथि आक्रमण भएको बताइएको छ।

विवाद तब सुरु भएको थियो जब शानले बंगाली गीत गाउन सुरु गरे। त्यसपछि त्यहाँ भएका दर्शकले हुटिङ सुरु गरे र चिच्याउँदै भन्न थाले यो बंगाल होइन असम हो।

त्यसपछि दर्शकले उनीमाथि स्टेजमै ढुङगा हान्न थाले । विवाद बढेको देखेपछि शानले रिसाएर बीचमै कन्सर्ट छोडिदिए। शानलाई कुनै चोट भने नलागेको बताइएको छ। त्यसपछि उनी नोएडामा हुने शिल्पोत्सवका लागि गएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *