नेकपा (ओली)को कार्भे अध्यक्षमा ब्याञ्जु चयन

डिसी नेपाल
१४ पुष २०७७ १८:३९
212
Shares

काठमाडौं। नेकपामा विभाजन आएसँगै जिल्ला कमिटीहरुमा पनि त्यसको प्रभाव देखिन थालेको छ। यसैक्रममा मंगलबार कार्भेमा नेकपा (ओली) समूहले नयाँ जिल्ला कमिटी घोषणा गरेको छ। जिल्ला कमिटीको अध्यक्षमा अशोक ब्याञ्जु चयन भएका छन्।

धुलिखेल नगरपालिकाका मेयर तथा नगरपालिका महासंघका अध्यक्षसमेत रहेका ब्याञ्जु अध्यक्षमा चयन भएका हुन्। त्यस्तै कमिटीको सचिवमा नारायण पाण्डे चयन भएका छन्। १२४ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ।

नेकपा विभाजन भएपछि छुट्टै जिल्ला कमिटी घोषणा गरिएको यो पहिलो जिल्ला हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *