‘संविधानको रक्षाका लागि आन्दोलन’
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका नेता भीमबहादुर रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनका विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको जिकिर गरे।
नेता रावलले दृढ अठोटका साथ अविचलित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी आफूहरुका पक्षमा रहेको पनि जिकिर गरे । नेता रावलले भने, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।” रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment