रामचन्द्र पौडेलद्वारा ट्वीटरमार्फत जोशीको स्वास्थ्य लाभको कामना, कमेन्टमा अब मिलेर जान सुझाव

डिसी नेपाल
१५ पुष २०७७ १६:०५
336
Shares

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको आपसी टकरवाबारे सबैलाई जानकारी छ। तनहुँ जिल्लाका दुबै नेताले एकअर्कालाई स्वीकार गर्दैनन्। २०७४ को आम निर्वाचनमा जोशीले पौडेलविरुद्ध विद्रोही उम्मेदवारी दिए।

पौडेलले निर्वाचन आयोगमा मुद्दा हालेर उनको उम्मेदवारी खारेज गराइदिए। तर, पौडेल तत्कालिन एमालेका किसान श्रेष्ठसँग पराजित हुन पुगे। जोशीको असहयोगका कारण पौडेल पराजित भएको काँग्रेस वृत्तमा चर्चा हुने गर्छ।

यही विषयलाई जोशीमाथि काँग्रेसले कारबाहीसमेत गरेका छ। हाल जोशी काँग्रेसबाट निष्कासित भएका छन्।

यो पृष्ठ भूमिमा पौडेल र जोशीको आपसी सम्बन्ध पनि क्तितापूर्ण बनेको कतैबाट लुकेको छैन। तर, बुधबार दिउँसो पौडेलले ट्वीटरमा एक ट्वीट गरे।

उनले ट्वीटरमार्फत कोरोना संक्रमित पौडेलको स्वास्थ्य लाभको कामना गरेका छन्। उनले आफ्ना सहयात्री भन्दै जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्। पौडेलले यो ट्वीट गरेपछि सो ट्वीटमा दर्जनौं कमेन्टहरु गरिएका छन्। जसमा दुई नेतालाई अब मिलेर जान सुझाव दिइएको छ। र धेरैले नेता जोशीको स्वास्थ्य लाभको कामना गरेका छन्।

नेता जोशीको हाल राजधानीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.