ब्रश गर्दा पेटमा छिर्यो ब्रश, डाक्टरले यसरी बचाए ज्यान
काठमाडौं (एजेन्सी)। भारतको महाराष्ट्र राज्यको औरंगावादमा एक हैरान गर्ने घटना सार्वजनिक भएको छ। औरंगावादका एक ३२ वर्षीय युवक विजय जनार्धन जाधव २६ डिसेम्बरको बिहान ब्रश गरिरहेका थिए। अचानक ब्रश उनको पेटमा छिर्यो। ब्रश पेटमा गएपछि उनलाई पेट दुख्ने समस्या भयो।
निकै पेट दुखेपछि उनलाई अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचार अनुसार साधारण एक्स रे गर्दा डाक्टरहरुले ब्रश देखेनन्। तर, सिटी स्क्यान गरेपछि पेटमा ब्रश अड्किएको देखे। त्यसपछि डाक्टरहरुले उनको शल्यक्रिया गरेर ब्रशलाई बाहिर निकाले।

समाचारअनुसार शल्यक्रियापछि विजयको स्वास्थ्य सामान्य बन्दै गएको छ। विजयले डाक्टरहरुले आफूलाई दोसो जीवन दिएको प्रतिक्रिया दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment