प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटायो

डिसी नेपाल
१६ पुष २०७७ १२:५६
420
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा भएको विवादले प्रदेशमा समेत पराकम्प हुने क्रम जारी छ। नेकपाका अनौपचारिक २ समूहले आ–आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले केन्द्रमा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई छनोट गरेको छ भने विहीबार (आज) प्रदेश १ मा संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ।

प्रदेश १ का मुख्यमन्त्री समेत रहेको शेरधन राईलाई हटाएर आचार्यलाई नेतामा चयन गरेको हो। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको उक्त समूहले आचार्यलाई मुख्यमन्त्रीमा समेत प्रस्ताव गरेको थियो।

प्रदेश १ मा भएका नेकपाका ६७ जना सांसद मध्ये ३७ जनाले राईका विरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेका थिए। श्रोतका अनुसार बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए।

यसअघि नै वागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भइसको छ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.