राष्ट्रिय सभा बैठक भोलि बस्दै, के छ कार्यसूची ?

डिसी नेपाल
१६ पुष २०७७ १६:२७
80
Shares

काठमाडौं। राष्ट्रिय सभाको अधिवेशन शुक्रबार शुरु हुँदैछ। सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी थिइन्। प्रतिनिधिसभा विघटन भइसकेपछि राष्ट्रिय सभाको अधिवेशन पहिलो पटक शुरु हुँदैछ।

शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकका लागि संसद् सचिवालय सम्भावित कार्यसूचीसमेत बिहीबार सार्वजनिक गरेको छ। संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले कार्यसूची सार्वजनिक गरेका छन्।

उनका अनुसार शुक्रबारका लागि सम्भावित ९ वटा कार्यसूची तोकिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ। यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा अध्यादेश पेश गर्ने कार्यसूची छ।

यस्तै कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पनि केही अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *