मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

डिसी नेपाल
१७ पुष २०७७ ०:००

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका रमेश तामाङ, किरण लामा, क्षितिज तामाङ, दीपक तामाङ र बाराका गङ्गा चौधरी छन् । उनीहरुमध्ये एक जनालाई ताकेश्वर नगरपालिकास्थित धर्मस्थली र चार जनालाई काठमाडौँ महानगरपालिका–१६ म्हैपीबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङ गरेर राखेका मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको महाशाखाले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *