राष्ट्रियसभामा सात अध्यादेश पेश
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा विभिन्न सात वटा अध्यादेश पेश गरिएका छन्। राष्ट्रियसभाको बैठकमा पेश भएका अध्यादेशमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ पेश भएको छ। उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेश गरे।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ बैठकमा पेश गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेश गरेका हुन्।
बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेश गरिएको छ। उक्त अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा पेश गरेका हुन्। यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेश गरिएको छ। उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेश गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment