निर्वाचनमा जानु सरकारको बाध्यताः परराष्ट्रमन्त्री
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए।
नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराए । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उनले बताए । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment