रातिको १० बजेपछि रामचन्द्र पौडेलको ट्वीटः ओली प्रधानमन्त्री बन्न योग्य छैनन्

डिसी नेपाल
१८ पुष २०७७ २२:४७
1.1k
Shares

काठमाडौं। नेकपा भित्रको आन्तरिक किचलोका कारण सरकारले प्रतिनिधिसभा विघटन गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ। नेकपा त विभाजन नै भइसकेको छ। तर, नेकपाका दुबै गुटका नेताहरुले विभाजन नभएको बताउँछन्।

यसरी प्रधानमन्त्री ओलीको अलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राति एक ट्वीट गरे। उनले ट्वीटमा केपी शर्मा ओली प्रधानमन्त्री बन्न योग्य नरहेको बताएका छन्। उनले लेखेका छन्, ‘प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने , संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के पी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्।’

पौडेलको यो ट्वीटमा कमेन्टको वर्षा नै भएको छ। कमेन्टमा धेरैजसोले नेपालका सबै पाका नेताहरुको आलोचना गरेका छन्। कमेन्ट गर्नेहरुले पाका नेताहरुले दोस्रो पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने सुझाव दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *