नेकपालाई जुटाउन अझै चिनियाँ टोली नेपालमा सक्रिय !

डिसी नेपाल
१९ पुष २०७७ १०:०५
288
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा भएको विभाजन रोक्न एक गोप्य चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको दावी गरिएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले एक चिनियाँ गोप्य टोली नेकपालाई एकजुट गराउन काठमाडौंमा गोप्य रुपले सक्रिय रहेको दावी गरेको छ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ यैचौ नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको थियोर र उच्चस्तरीय भेटघाट गरी फर्किएको छ। तर, हिन्दुस्तान टाइम्सले यो टोली खुलमखुल्ला आएको र अर्को टोली गोप्य रुपमा परिचालित रहेको दावी गरेको छ।

तर, चिनियाँ टोली गोप्य रुपमा सक्रिय रहेको विषयमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। नेपालको राजनीतिमा भारतीयहरुले चिनियाँ प्रभाव बढेको प्रचार गर्दै आएका छन्। पछिल्ला दिनहरुमा नेपालको राजनीतिमा चीन देखिने गरी प्रस्तुत भएकाले पनि भारतको आरोपलाई बल मिल्दै गएको छ। तर, भारतले आवश्यकताभन्दा धेरै शंका गरेको बताउनेहरु पनि छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *