संसद् विघटन गर्नुको कारण आज सर्वोच्चमा पेश गर्दै राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको कार्यालय

डिसी नेपाल
१९ पुष २०७७ १०:२४
156
Shares

काठमाडौं। संसद् विघटन किन गरेको भनी सर्वोच्च अदालतले मागेको जवाफ आइतबार सर्वोच्चमा पेश गरिँदै छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको हो।

पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो। आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अहिलेसम्म सम्बन्धित कार्यालयबाट जवाफ आइनसकेको जानकारी दिए। उनले दिउँसोसम्म सर्वोच्चमा जवाफ पेश गरिने बताए।

सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.