कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

डिसी नेपाल
१९ पुष २०७७ १४:३३
252
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाकाे निधन भएकाे छ। भारतकाे नयाँ दिल्लीमा बसाेबास गर्दै आएका कोइराला विगत केही समयदेखि अस्वस्थ थिए।

दाजुकाे निधनबाट आफू स्तब्ध भएकाे र अभिभावकविहीन भएकाे शेखरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। दाजु बिरामी परेपछि शेखर गत पुस १४ गते नयाँदिल्ली गएका थिए। उनी अहिले पनि नयाँदिल्लीमै छन्।  निरञ्जनका दुई जना छोरा छन्। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *