सभामुखले सर्वोच्चलाई पठाए संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको लिखित जवाफ

डिसी नेपाल
१९ पुष २०७७ १५:०७
472
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ पठाएका छन्।

पुस १० गत्ते सर्वोच्च अदालतले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावको समयसहितको कागजात पेश गर्न आदेश दिएको थियो। आज जवाफ पेश गर्ने अन्तिम दिन हो।

सभामुख सापकोटाले अविश्वास प्रस्तावको दर्ता समय समेत उल्लेख गरेर सो व्यहोरासहितको लिखित जवाफ आज पठाएको संसद सचिवालय स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि आजै सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको छ।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *