थानकोट वृत्तका प्रहरी निरीक्षक शर्मा घुससहित पक्राउ

डिसी नेपाल
१९ पुष २०७७ १९:३३
532
Shares

काठमाडौं। महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा १५ हजार घुससहित पक्राउ परेका छन्। शर्माले मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १५ हजार घुस लिएको जनाइएको छ।

घुस लिएको सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोलीले उनलाई घुस सहित नियन्त्रण लिएको हो। परिसरका प्रमुख एसएसपी अशोक सिंहले थानकोट बृत्तका प्रहरी निरीक्षकलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *