लाइसेन्सको अनलाइन फारम पुनः बन्द, सर्भरमा समस्या

डिसी नेपाल
२० पुष २०७७ १२:४९

काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम एक दिनका लागि पुनः बन्द गरिएको छ। सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै आज एक दिनको लागि सर्भरमा समस्या आयकोले अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ। फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो।

लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । सेवाग्राहीले पनि फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *