सोमबार ८ सय बढ्यो सुन

डिसी नेपाल
२० पुष २०७७ १३:०१

काठमाडौं। साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ।

आइतबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९५ हजार ३ सय रुपैयाँ कायम गरियको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य सोमबार प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको । आइतबार चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य सोमबार तोलामा ९४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *