नेप्सेमा झिनो करेक्सन, कारोबारो रकम पनि घट्यो

डिसी नेपाल
२० पुष २०७७ १६:५३

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आयर घटेको छ। २ हजार २ सय १६ विन्दुसम्म पुगेको बजारमा अन्तिम समयमा ६ दशमलव ३६ अंकले घटेको हो। यससँगै सोमबार बजार २ हजार १६९ दशमलव शून्य ४ विन्दुमा बन्द भएको हो।

यसअघि आइतबार नेप्से ८८ दशमलव १२ अंकले बढेर २ हजार १७५ दशमलव ३९ विन्दुमा बन्द भएको थियो। एक सातादेखि लगातार बढेर ऐतिहासिक विन्दुमा पुगेको बजार सोमवार भने कारोबारको अन्तिम समयमा घटेको हो।  यस्तै आइतबारको तुलनामा सोमवार कारोबारो रकममा पनि सामान्य गिरावट आयको छ।

सोमवार २०२ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता सेयर खरिद विर्की हुँदा ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार बराबरको सेयर कारोबार भएको हो।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको सेयर कारोबार भएको छ। उक्त कम्पनीको ४६ करोड ८ लाख ६८ हजार बराबरको सेयर कारोबार भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *