८१ वर्षीया महिलाले ४६ वर्ष कान्छो युवकसँग गरिन् बिहे, तर आयो यस्तो समस्या

डिसी नेपाल
२२ पुष २०७७ २३:०९
7.1k
Shares

काठमाडौं। बेलायत एक महिलाले आफूभन्दा ४६ वर्ष कान्छो युवकसँग बिहे गरेको विषयले चर्चा पाएको छ। बेलायतकी ८१ वर्षीया आइरिस जोन्स नामकी महिलाले इजिप्टका ३५ वर्षीय मोहम्मद अहमदसँग बिहे गरेको एक् टिभि कार्यक्रममा खुलासा गरेकी छन्।

उनी हाल बेलायतमा बस्दै आएकी छन्। र उनका श्रीमान इजिप्टमा छन्। ती महिलाले आफू श्रीमानसाग बस्न नपाएको भन्दै दुःख व्यक्त गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन्। समाचार अनुसार बेलायतले अहमदलाई बेलायतका लागि भिजा नदिएपछि यी दुई बुढाबुढीसँगै बस्न पाएका छैनन्।

ती महिलाले आफ्नो सबैभन्दा प्रिय मानिससँग बस्न नपाएको भन्दै दुःख व्यक्त गरेकी छन्। उनले आफ्नो उमेर उधिक भइसकेको भन्दै श्रीमानसँग भेट नभएरै मरिने हो की भन्ने चिन्ता प्रकट गरेको समाचारमा जनाइएको छ। उनले आफ्ना लागि हरेक दिन निकै महत्वपूर्ण भएको बताएकी छन्। उनले बेलाती प्रधानमन्त्री बारिस जोन्सनसँग आफ्ना श्रीमानलाई भिजा दिलाउन सहयोग गर्नसमेत अपील गरेकी छन्।

उनी आफू भने इजिप्ट जान चाहँदिनन्। किनकी त्यहाँको मौसमले आफ्नो स्वास्थ्यमा समस्या पार्ने उनले बताएकी छन्। मौसमले उनी इजिप्ट जान नसक्ने र बेलायतले उनका श्रीमानलाई भिजा नदिने भएपछि समस्या भएको बताइएको छ।

आइरिस जोन्स र मोहम्मद अहमदबीच गत वर्ष एक फेसबुक ग्रुपमार्फत परिचय भएको थियो। त्यसपछि जोन्स गत वर्ष इजिप्ट पुगेकी थिइन्। लामो समयसँगै बसेपछि यो जोडीले गएको नोभेम्बरमा बिहे गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *