राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउन प्रस्ताव गरेको दावी

डिसी नेपाल
२३ पुष २०७७ ०:५९
1.3k
Shares

काठमाडौं। हालै प्रकाशित भएको भारतका पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीको बायोअटोग्राफी पुस्तकमा तत्कालिन राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउने प्रस्ताव गरेको दावी गरिएको छ। मुखर्जीको अन्तिम सो पुस्तकमा राजा त्रिभुवनले नेपाललाई भारतको एक प्रान्त बनाउने प्रस्ताव भारतका तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग गरेको दावी गरिएको छ।

भारतीय सञ्चार माध्यम न्यूजएट्टिन डटकमले सो पुस्तकमा उल्लेख विषयलाई समेटेर एक समाचार प्रकाशित गरेको छ। सो समाचार अनुसार मुखर्जीको पुस्तकको ११ औं खण्डमा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउने प्रस्ताव गरेको उल्लेख छ।

पुस्तकमा मुखर्जीले नेपाली राजाको सो प्रस्ताव तत्कालिन प्रधानमन्त्री नेहरुले अस्वीकार गरेकोसमेत दावी गरेका छन्। र उनले सिक्कीमलाई भारतमा विलय गराउँदा नेपाललाई पनि विलय गराउन सक्ने अवस्थामा नेहरुकी छोरी तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी पुगेको बताएका छन्।

यो प्रस्ताव नेपालमा प्रजातन्त्रका लागि आन्दोलन भइरहँदा भारत शरणमा गएको बेला त्रिभुवनले सो प्रस्ताव गरेको मुखर्जीको दावी छ। यो पुस्तक प्रकाशित हुनुअघि नै विवादमा परेको थियो। मुखर्जीका छोराले आफ्ना बाबुको मृत्युपछि प्रकाशित हुन लागेको सो पुस्तकको अन्तिम पाण्डुलिपी आफूले हेर्नुपर्ने बताएका थिए भने मुखर्जीकी छोरीले पुस्तक प्रकाशित हुनुपर्ने बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *