जीप दुर्घटना : एकको मृत्यु, सात घाइते

डिसी नेपाल
२३ पुष २०७७ ८:१२
84
Shares

गलकोट। बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।

बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए।

कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *