‘अमेरिकामा ट्रम्प र नेपालमा ओली घातक’
काठमाडौं। नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले काठमाडौंको प्रदर्शनी मार्गमा प्रतिनिधिसभा विघटनको विरोधमा विरोध प्रदर्शन् गरेको छ। वाल्मीकि, आरआर र नेपाल ल क्याम्पसबाट संयुत रुपमा अनेरास्ववियुले जुलुससहित प्रर्दशन गरेको हो।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु नेता सुधेस पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटो हिडेकाले त्यो स्वीकार्य नहुने बताए। उनले ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र शाह झै एउटा कुनामा थन्किने बताए। पराजुलीले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलि घातक भएको बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment