सरकारी जग्गा हाउजिङको नाममा पास गरिदिने १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
२६ पुष २०७७ १६:४४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीको नाममा पास गरिदिएको आरोपमा १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा विगो दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा पर्नेमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर रहेका छन् । मालपोत कार्यालय ललितपुर तत्कानिल कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल साथै यूरो हाउजिङ्ग डेभलपर्स प्रालि,यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर रहेका छन्।

यस्तै मुद्दा पर्नेमा काठमाडौं अस्पताल प्रालिका संचालकहरू डा ईश्वरलाल आचार्य, डा दुर्गामान जोसी र श्रीमती दुर्गेस नन्दिनी भट्टचन पनि रहेका छन्।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त विगो जफतसमेत हुन मागदावी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

गिरोहले ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८ को कुल आठ रोपनी १२ आना तीन पैसा दुई दाम सरकारी जग्गा हिनामिना गरिएको पुष्टि भएको छ ।  २०२२ सालको नापी नक्सालाई तोडमोड गरि नयाँ फाइल नक्सा बनाएर सार्वजनिक जग्गासमेत प्लटिङ गरे व्यक्ति विशेषलाई बिक्री वितरण गर्न लागेको उजुरीपछि अख्तियारले छानविन थालेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *