पूर्व राजाको प्रश्न : हामीले व्यहोरेको राजनीतिक कति जनहित अनुकुल छ ?

डिसी नेपाल
२६ पुष २०७७ १८:१६
96
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले हामीले अहिले व्यहोरिरहेको राजनीतिक कति अनुकुल छ भन्दै प्रश्न गरेका छन्। २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा आइतबार साँझ शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले नेपालको अहिलेको राजनीतिक व्यवस्थामाथि प्रश्न उठाएका हुन्।

उनले भनेका छन्, ‘हामीले व्यहोरेको राजनीतिक कति इमान्दार र राष्ट्रहितकेन्द्रित छ, कति जनहित अनुकुल छ, त्यसको समीक्षा गर्न अव विलम्ब भइसकेको छ।’ उनले शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको इमान्दारिता देखाएकोसमेत स्मरण गराएका छन्।

उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै परायको इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नुपरेकोसमेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *