नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३० खर्ब नाघ्यो

डिसी नेपाल
२६ पुष २०७७ २०:१०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१ दशमलव २४ ले उकालो लागेर दुई हजार २३५ दशमलव ७२ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव २१ ले उकालो लागेर ४२८ दशमलव ४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।

साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । जीवन बीमा उपसमूह १७ दशमलव १६ ले ओरालो लाग्दा बैंकिङ ५९ दशमलव ६१, व्यापार ७८ दशमलव ०३, होटेल २० दशमलव ५४, विकास बैंक ८८ दशमलव ४५, जलविद्युत् १६ दशमलव ६५, वित्त १९ दशमलव २१, निर्जीवन बीमा ३९ दशमलव ०८, उत्पादन ३ दशमलव १६, लघुवित्त २१ दशमलव ८ र सामूहिक लगानी कोष ० दशमलव ०८ ले उकालो लागेको छ ।

कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै कुमारी बैंक रु ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक रु २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक रु २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक रु १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक रु १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी रु १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो । यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९् दशमलव ९७, कुमारी बैंक ९ दशमलव ८९, आरम्भ चौतारी लघुवित्त ९ दशमलव ८९, युनाइटेड फाइनान्स ९ दशमलव ८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ८३, नेपाल फाइनान्स ८ दशमलव ७०, प्राइम बैंक ८ दशमलव ५६, महालक्ष्मी विकास बैंक ८ दशमलव २४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले कमाए । त्यस्तै, निर्धन उत्थान लघुवित्त ४ दशमलव ३१, हिमाल दोलखा हाइड्रोपावर २ दशमलव ९९, एनएलजी इन्सुरेन्स २ दशमलव ८६, नेरुडे लघुवित्त २ दशमलव ८२, दिव्यश्वरी हाइड्रोपावर २ दशमलव ७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २ दशमलव ६१, युनियन हाइड्रोपावर २ दशमलव ६१, माउन्टेन हाइड्रो २ दशमलव ६०, अरुण भ्याली हाइड्रोपावर २ दशमलव ५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २ दशमलव ५२ प्रतिशतले गुमाए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *