‘२ वर्षपछि नेपाल विद्युतमा आत्मनिर्भर, अब लोडसेडिङ हुँदैन’ (भिडियाे)

डिसी नेपाल
२८ पुष २०७७ ६:५५

पछिल्ला दिनहरुमा विना सूचना घण्टौंसम्म विद्युत कतौटी हुने गरेकाे छ। नेपालबाट लोडसेडिङ सधैंका लागि अन्त्य भएको विद्युत प्राधिकरणले दाबी गरिरहँदा विना सूचना घण्टौं विद्युत कटौती भएपछि आम सर्वसाधारणमा फेरि लोडसेडिङ त सुरु भएको होइन भन्ने प्रश्न उब्जिनु स्वभाविकै हो।

दैनिक विद्युत कटौती हुन थालेपछि सोमबार प्रधानमन्त्री कार्यालयले विद्युत प्राधिकरणका अधिकारीसँग लामो छलफल नै गर्यो। प्राधिकारणका अधिकारीले लोडसोडिङ नभएको बताएका छन्।

दैनिक विद्युत कटौती हुन थालेपछि यसको समस्या समाधानका विषयमा डिसी नेपालका लागि उपेन्द्र शाहीले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनासँग गरेको कुरेको कुराकानीको सम्पादित अंश :

अहिले तत्कालको समस्या र नेपाल विद्युत प्राधिकरणलाई लाग्ने आरोप प्राधिकरणको सूचना बिना नै बिजुली किन झ्याप झ्याप गइरहन्छ?

नेपाल जस्तो अल्पविकसित देशमा यो पहिलेदेखि नै समस्याहरु देखिदैँ आएको छ। ४ वर्ष अगाडि त नेपालमा लोडसेडिङ नै थियो। धेरै लामो लोडसेडिङबाट घट्दै घट्दै २०७३ सालबाट पहिले उपत्यकामा र त्यसको झण्डै दुइ वर्ष पछि समग्र देशमा लोडसेडिङ अन्त्य भयो।

यो सबैलाई थाहा छ। यो प्राधिकरणको असक्षमताले गर्दा फेरि लोडसेडिङ सुरु हुन लाग्यो कि भन्ने किसिमले जनताबाट प्रश्न र गुनासा आइरहेका छन्। तर, त्यो गलत बुझाइ हो।

अहिले मुख्य गरी दुइ किसीमले बत्ती जाने गरेको छ। साधारण भाषामा माग र आपूर्तिको सन्तुलन नभएको अवस्था लोडसेडिङको अवस्था हो। त्यो अवस्था अहिले छैन। नेपालको विद्युत वितरण प्रणाली धेरै पुरानो हो। यसमा आधुनिकीकरणको खाँचो छ र त्यो अहिले विस्तारै भइरहेको छ। हामी प्रक्रियामा छौँ।

यसको विभिन्न संरचनाहरु पवर अफदेखि, विद्युत उत्पादन, प्रशारण, वितरण, हुँदै हुँदै ग्राहकको घर घरमा आउँदा खेरी विभिन्न संरचनाहरु पर गर्दै आउनु पर्दछ। त्यहाँसम्म आइपुग्दा उदाहरणको लागि पोलहरु,तारहरु, विभिन्न डिस्क इन्सुलेटर पिनहरु, ट्रान्सफर्मरहरु हुन्छन्। त्यसमा कहिले काँही अकस्मात समस्या आउँछ।

त्यतिखेर अपर्झट आएको समस्यालाई अगाडि नै सूचना कसरी दिने? त्यसपछि त्यसको हामी मर्मत सम्भार चाहिँ अब समस्या नआओस भन्ने तरिकाले गर्छौं। पूर्ण रुपमा आधुनीकिकरण नभएसम्म बेला बखत यस्तो समस्या आउन सक्छ। त्यो लोडसेडिङ होइन्। थाहा नभएर यसरी विद्युत जानेलाई र्टिपिङहो।

अर्को  कुरा सूचना दिएर पनि विद्युत काटिन्छ। त्यो भनेको विजुलिको पोल सार्नु परेमा विकास निर्माणका कामहरु भएको अवस्थामा बिजुली काट्नु पर्ने हुन्छ। त्यस्तो बेलामा पनि बत्ती जान सक्छ र त्यो पनि लोडसेडिङ होइन। यस्तो कारणलाई सट डाउन भन्छ। यी दुइ कारणले बत्ती अनियमित भइरहेको छ।

कुलमान घिसिङको जस्तो कुशल नेतृत्व नहुँदा कतै यस्तो समस्या देखियको त होइन ?

विद्युत विकास तुरुन्तै भएको होइन। हामीले विगत लामो समयदेखि लोडसेडिङको समस्या भोग्यौँ। यो विद्युतको समस्यालाई समाधान गर्ने क्रममा बिस. २०७२ सालमा अहिलेकै प्रधानमन्त्री र उर्जामन्त्रीको पालामा यो विद्युतको समस्यालाई हल गर्ने गरि एउटा कार्ययोजना आयो। त्यसमा कुन वर्षमा, के गर्ने कति गर्ने लगायतका विभिन्न वर्षहरुमा विद्युतको समस्यालाई हल गर्ने योजना बनाइएको थियो।

उक्त योजना मुताविक नै हाल नेपालमा लोडसेडिङको अन्त्य भएको हो। त्यो १८ घण्टे लोडसेडिङ एकै पटक हटेको पनि होइन। १८ घण्टे ०६५ साल तिर थियो। त्यसपछि घट्दै घट्दै २०७३ सालको बर्षात सम्म पनि ५ घण्टे लोडसेडिङ थियो। र त्यतिखेर नै कुलमानजी प्राधिकरणको नेतृत्वमा आउनु भयो। उहाँ आएपछि काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य भयो।

त्यो कार्ययोजना अनुकुल नै काम गर्दा गर्दै समस्त टीमले काम गरेको हो। उँहाको नेतृत्वदायी भूमिका रह्यो। त्यसपछि भारतबाट आयातमा वृद्धि भयो। नेपालमा निजी क्षेत्र र सरकारी आयोजनाबाट विद्युत उत्पादन भयो। यसरी क्रमश विद्युतको माग र आपूर्तिबीचको सन्तुलन भएर लोडसेडिङ घटेको हो। व्यवस्थापन पनि राम्रै भयो र सबै एउटै कुराले होइन सबै कुराको संयोजनबाट लोडसेडिङ अन्त्य भएको हो।

प्राधिकरणका उपल्लो तहका पदाधिकारीबाट कृत्रिम लोडसेडिङ सिर्जना गरिएको आशंका गरिन्छ नि?

त्यस्तो होइन, त्यसमा कुनै सत्यता छैन र त्यसमा कुनै आधार पनि छैन। हामी प्रणाली सुदृढिकरणको प्रक्रियामा छौँ। समस्या विस्तारै हट्दै जान्छ । अन्यथा केही भएको पनि छैन्। तथ्याङ्ककै रुपमा हेर्ने हो भने पनि गत वर्ष भन्दा यसपाली विद्युत अवरोध हुने दर घटेको छ।

स्थिति सुधार तिर गइरहेको छ। जनताहरु धेरै जागरुक हुनु भएको छ। यो प्राधिकरणको लागि राम्रो लेसन र राम्रो गनैको लागि अवसर पनि हो। तपाँइको केही कमजोरी देखाइयो भने न तपाईले सुधार गर्न सक्नु हुन्छ। हामीले पनि यस्ता कुरालाई त्यही रुपमा लिएका छौँ।

हाल नेपालमा विद्युतको अवस्था कस्तो छ?

नेपालको विद्युतको अवस्थाको कुरा गर्दाखेरि बिस.१९६८ मा फर्पिङको ५ सय किलोवाट बाट शुरु भएको विद्युत विकास आयोजना बिस. २०७७ सम्म आइपुग्दा झण्डै १ सय ९ वर्षको इतिहासमा देशभित्रैको उत्पादनको क्षमता भनेको १३ सय ७० मेगावाट सम्म छ।

त्यसमा करिव ५३ मेगावाट डिजेल प्लान्ट पनि छ। भन्दाखेरी हाइर्डोप्लान्टको करिव १३ सय १० मेगावाट अहिले सञ्चालनको अवस्थामा छन्। अहिले धेरै आयोजनाहरु आइराखेका छन्।

झण्डै ६ हजार मेगावाट जतिको आयोजनाअरु आगामी ५ वर्षमा सक्ने गरि पीपीय पनि भएका छन्। हिउँदमा चाहीँ अलि धेरै माग हुन्छ। यतिखेर झण्डै १५ सय मेगावट सम्मको हाराहारीमा समेत माग भएको थियो। यो प्राधिकरणबाट झण्डै ५ सय मेगावाट, बाँकी नीजि क्षेत्र र नपुग विद्युत भारतबाट आयात गरेर व्यवस्थापन गरिरहेका छौँ।

हालको अवस्थामा कति जनसंख्या विद्युतबाट लाभान्वित भइरहेको छ?

अहिलेको अवस्थामा झण्डै ८८ प्रतिशत जति जनसंख्या प्राधिकरणको ग्रीडबाट र यसका सामदायिक विद्युतबाट जोडियका छन् अर्थात ८८ दृखि ९० प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छन्।

निजी क्षेत्र र सरकारले गरेको विद्युत उत्पादनको क्षमता बढिरहे पनि भारतबाट आयात हुने विद्युतको मात्रा किन बढिरहेको छ?

यो ग्राहकको माग हिउँद याममा धेरै हुन्छ। यो चिसोको कारणले पनि होला। अर्को कुरा नेपालमा निर्माण भएका हाइर्डो प्लान्टको अवस्था हिउँदमा कम हुने खालको छ।  जतिबेला माग धेरै हुन्छ त्यतिखेर नै उत्पादन घट्ने गरेको छ। हिउँद याममा अहिले केही समयका लागि मात्रै झण्डै ६ सय ५० मेगावाट सम्म विद्युत आयात गर्नु पर्ने हुन्छ तर वर्षातको समयमा त हाम्रै विद्युत धेरै हुन्छ।

हिउँदको यो समस्या पनि अबको एक दुइ वर्ष मात्रै हो। अब नयाँ नयाँ आयोजना पनि सञ्चालनमा आउने तयारीमा छन्। जस्तै माथिल्लो तामाकोशी यही वर्षको अन्त्यसम्ममा आउँछ। अरु पनि आयोजनाहरु आउँछन्। त्यसपछि हामी विजुलीमा आत्मनिर्भर हुन्छौँ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *