गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले बुझायो अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलसमक्ष गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले संयुक्त रुपमा स्थानीय तहका विविध सवालहरुमा ध्यानाकर्षण गराएका छन्। दुवै संघको तर्फबाट अध्यक्षद्वयले संयुक्त रुपमा ध्यानाकर्षण गराएका हुन्। साथमा भुमि व्यवस्था तथा सहकारी मन्त्री शिवमाया तुम्वाहाम्फेको पनि सहभागिता रहेको थियो।
ध्यानाकर्षण पत्रमा गत आर्थिक वर्षको विशेष र समपुरक कोषका आयोजनाहरु मध्ये ठेक्का लागि दायित्व सृजना भएका आयोजनाहरुको म्याद थप गरी बजेटको व्यवस्था गरिनु पर्ने र प्राकृतिक श्रोतको राजश्व बाँडफाँटको रकम हालसम्म पनि बाँडफाँट नगरेकोले तत्काल सम्पन गरी निकासा गर्नुपर्ने जस्ता विषयहरु समेटिएको छ।
यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन निर्देशिकामा केही संशोधन गर्नुपर्ने, भुमि सम्बन्धी समस्या समाधान आयोगको क्षेत्राधिकार सबै स्थानीय सरकारमा विस्तार गर्नुपर्ने जस्ता विषयहरु पनि समेटिएको छ।


No ads found for this position


डिसी नेपाल
Facebook Comment