वरिष्ठ पत्रकार जनार्दन आचार्यको निधन

डिसी नेपाल
२९ पुष २०७७ १४:४९
92
Shares

काठमाडौं। वरिष्ठ पत्रकार जनार्दन आचार्यको निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित पुराना चर्चित पत्रकार तथा स्तम्भकार आचार्यको ८१ वर्षको उमेरमा आज (बुधबार) बिहान निधन भएको हो।

पत्रकार आचार्य साप्ताहिक मञ्चका संस्थापक सदस्य तथा साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपालीपत्र साप्ताहिकका सम्पादक थिए। पत्रकार आचार्य ‘समय–समय’ स्तम्भका चर्चित स्तम्भकार थिए।

धरानमा जन्मिएर वामपन्थी पृष्ठभूमिबाट राजनीति सुरु गरेर पछिल्लो कालखण्डमा पञ्चायत हुँदै नेकपा माओवादीको नजिक पनि भएका थिए। पूर्व सांसद समेत रहेका स्वर्गीय आचार्यका एक श्रीमती र दुई छोरा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *