भारतीयले नेपाल आएर रक्सी पिएर झगडा गरे, नेपालीले घरमै गएर कुटे, तनावले सीमा बन्द

डिसी नेपाल
२९ पुष २०७७ १३:३४

काठमाडौं। नेपालको कञ्चलपुर र भारतको पीलीभित जिल्लाबीचको अन्तर्राष्ट्रिय सीमा बन्द गरिएको छ । भारतको सशस्त्र सीमा बलले सीमामा गतिविधिहरु बन्द गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । एसएसबीका एसपी जय प्रकाश यादवले सुन्दर नगर–बुन्दीभुर क्षेत्रको सीमा बन्द गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।

८ जना नेपालीले भारतमा गएर त्यहाँको सुन्दर नगर गाउँका ३५ वर्षका बालवीर सिंहलाई कुटपिट गरेपछि तनाव भएको थियो । कुटपिट गरेको भोलिपल्ट अन्तर सीमा गतिविधिमा प्रतिबन्ध लगाइएको हो । पुलिसका अनुसार सिंह ३ दिनअघि नेपालको कञ्चनपुर आएका थिए । त्यतिबेला उनको केही स्थानीयसँग झडप भएको थियो । त्यतिबेला उनले मदिरा पिएको बताइएको छ ।

झडपको स्पष्ट कारण थाहा हुन सकेको छैन । केही स्थानीयले उनी मानव तस्करी र बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन् । एसएसबीको ४९ औं बटालियनका सहायक कमाण्डर एसपी उन्यालले भने ‘हामीले घटनाका दोषीहरुलाई कारवाही अगाडि बढाउन र यदि भएको भए मानव तस्करीको पनि अनुसन्धान गर्न नेपाली समकक्षीहरुसँग सहकार्य गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *