एनआरएनए अमेरिकाजको महिला आवाज बहस जनवरी १७ देखि शुरु हुँदै
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अमेरिकाज क्षेत्रले महिला आवाज धाराबाहिक बहस सुरु गर्ने भएको छ। आयोजक गैरआवासीय नेपाली संघको उत्तर र दक्षिण अमेरिका क्षेत्र(अमेरिकाज क्षेत्र)ले बहसको पहिलो भाग यहि जनवरी १७ देखि शुरु गर्ने भएको हो।
संघको अमेरिकाज क्षेत्रकी महिला संयोजक तथा कार्यक्रमकी संयोजक रहेकी उमा कार्की थापाले आफ्नो उक्त कार्यक्रम अत्यन्तै आकर्षक हुने भन्दै यसबाट नेपाली समुदायमा फरक रुपान्तरको सुरुवात हुने बताइन्। यस्ताखालका कार्यक्रम एनआरएनएको महिला विभागले संघका ६ वटै क्षेत्रमा फरक–फरक रुपले संचालन गर्दै आएको छ।
कार्यक्रम जुम र्यालीमा हुनेछ। पूर्वीय समय दिनको १२ः०० बजे सुरु हुने कार्यक्रममा महिला र युवा दुबै क्षेत्रलाई फोकस गरिने छ। कार्यक्रमलाई संघको आधिकारिक फेसबुक पेज र अन्य सञ्चार माध्यमहरुबाट समेत प्रत्यक्ष प्रसारण गरिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment