नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीयो खुल्यो, भर्‍यो कि पर्‍यो

डिसी नेपाल
२ माघ २०७७ १०:५६

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको इतिहासकै सबैभन्दा ठूलो साधारण सेयर (आईपीओ) शुक्रबारदेखि निष्काशन सुरू भएको छ।

बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ता आइपीयो सेयर निष्काशन गर्न लागेको हो। जस मध्ये १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।

बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन पाउने छन्। आवेदकले दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्ने छन्।

आजसम्मकै ठुलो धेरै मात्रामा आइपीयो निष्कासन हुन लागेकोले उक्त कम्पनीको आइपीओमा आवेदन दिने कुनै आवेदकको पनि हात खाली हुने छैन्।
आवेदकको संख्या हेर्दा प्रत्येक आवेदकलाई ५० देखि ६० कित्ता सम्म सेयर पर्न सक्ने देखिन्छ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ।

उक्त आईपीओमा सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *