मोटरसाइकल चोरीको आरोपमा चार जना पक्राउ

डिसी नेपाल
२ माघ २०७७ २२:१२

भक्तपुर । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन् । प्रहरीले पक्राउ परेका १४ वर्षीय दुई किशोरको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–४ स्थित राममन्दिरमा पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं को २०० सिसिको रातो रङको पल्सर मोटरसाइकल बिहीवार चोरी भएको घटनाको अनुसन्धानको क्रममा थिङसहितका चार जनालाई सुडालबाट पक्राउ गरिएको हो ।

सूर्यविनायक नगरपालिका–८ थापा पार्टी प्यालेस बस्ने राजन पोतामाहाले रामन्दिरबाट मोटरसाइकल चोरी भएको जानकारी प्रहरीको १०० नंको कन्ट्रोलमा दिएको र सो घटनाको अनुसन्धानका क्रममा सवारी जाँच गर्दा थिङलगायतलाई सुडालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

“सुडालको रानीबारीमा प्रहरी प्रभाग सुडालका प्रहरी सहायक निरीक्षक पुष्कर थापा नेतृत्वको टोलीले सवारी जाँच गर्नेक्रममा ती चार जनालाई मोटरसाइकल डो¥याउँदैं ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो,” उनले भने ।

पक्राउ गररेकालाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही भइरहेको र १४ वर्षीय दुई किशोरलाई भक्तपुर कै बाल सुधारगृहमा राखी कारवाही भइरहेको प्रनाउ गिरीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *