फेसबुकमा विज्ञापन गरी करोड ठगी

डिसी नेपाल
४ माघ २०७७ १७:३२
780
Shares

काठमाडौं। सामाजिक सञ्जालबाट ठगी गरेको कसुरमा प्रहरीले ठगी गिरोहका दुई जनालाइ पक्राउ गरेको छ। आइतबार महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गर्दै फेसबुक र ह्वाट्सएपबाट ठगी गरेको उजुरीको आधारमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पकाहामैनपुरका प्रमोद साहलाई पर्साबाट र पर्सा जिल्ला बहुदरमाइका मेवालाल साहलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।
पत्रकार सम्मेलनमा प्रहरी परिसर लतिपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किरण बज्राचार्यले ठगी गर्ने गिरोह धेरै ठूलो हुनसक्ने प्रारम्भिक अध्यनबाट देखिएको बताइन्। उनले ठगी गर्नेको पहुँच धेरै देशमा फैलिएको हुन सक्ने भन्दै अब साइवर ब्यूरो र इन्टरपोलसँग सहकार्य गर्दै थप अनुसन्धानका काम अगाडि बढाउने बताइन्।

उनले पक्राउ परेका व्यक्तिको गिरोहले ९ जना व्यक्तिसँग एक करोड बढी ठगी गरेको अनुसन्धानमा खुलेको बताइन्। सामाजिक सञ्जालमा धेरै व्यक्ति पीडित भएको हुनसक्ने भन्दै उनले उजुुरी दिनेको संख्या बढ्न सक्ने बताइन्। उनले सामाजिक संजालमा ठगिएका सबैलाई उजुरी गर्न आग्रह समेत गरिन्।

सामाजिक सञ्जालबाट ठगी गर्दै आइरहेको गिरोहले फेसबुक र ह्वाट्स एपमा कम्प्युटर, मोवाइल, घडी, ल्यापटप, क्यामेरा लगायत विभिन्न ईलोक्ट्रोनिक सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गर्दिने भन्दै विज्ञापन राख्दै आएको थियो। उक्त विज्ञापनका आधारमा सर्वसाधारणहरुलाई आर्थिक प्रलोभन देखाउने र सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउने तर सामान नदिइ ठगी गर्ने गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.