उद्योगमन्त्री साहद्वारा पदभार ग्रहण, ग्यास अभाव समाधान र भावी योजनाबारे छलफल थाल्ने
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बिहीबार पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री साहले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साहलाई तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले मन्त्री पदमा नियुक्त गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री साहले निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर मन्त्रालयका थप योजना तथा भावी कार्यक्रमहरू अघि बढाउने बताए।
बजारमा देखिएको खाना पकाउने ग्यासको अभावबारे सोधिएको प्रश्नमा उनले मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री यादवसँग छलफल गरेपछि तत्काल समाधानको पहल थाल्ने स्पष्ट पारे। पदभार ग्रहणलगत्तै मन्त्री साहले मन्त्रालयका कर्मचारीहरूसँग छलफल सुरु गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment