कानुनमन्त्री सोविता गौतमले माफी मागिन्

डिसी नेपाल
२५ भदौ २०८३ १६:३२

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी मागेकी छिन्।

कानुन निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको भन्दै दिएको अभिव्यक्तिको तीव्र विरोध भएपछि उनले बिहीबार राष्ट्रिय सभाको बैठकमै उपस्थित भई माफी मागेकी हुन्।

गत मङ्गलबार आयोजित ‘जेनजी स्मृति दिवस’ का अवसरमा उनले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा बाधा पुगिरहेको अभिव्यक्ति दिएकी थिइन्।

मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सदनसम्मै चर्को विरोध र आलोचना भएको थियो। यद्यपि मन्त्री गौतमले आफूले राष्ट्रिय सभाले असहयोग नै गरेको भनेर नबोलेको दाबीसमेत गरिन्।

बैठकमा बोल्दै उनले भनिन्, “मैले राष्ट्रिय सभाले कहीँ-कतै असहयोग गर्‍यो भनेर त्यस्तो भाषा वा शब्द प्रयोग गरेकी छैन। त्यो माननीयज्यूहरूले पनि हेर्न सक्नुहुन्छ। तर मैले भनेका कुरा र बोलेका तथ्यका आधारमा, म एक राजनीतिक व्यक्ति भएकाले सञ्चारकर्मी तथा सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर सामाजिक सञ्जालमा प्रसङ्गसहितका व्याख्याहरू प्रस्तुत गरेको देखिएको छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *