वीर अस्पतालमा कोभिड स्क्रिनिङ हेल्थ डेस्क स्थापना

डिसी नेपाल
६ माघ २०७७ ८:५०

काठमाडौं। नेपालको सबैभन्दा जेठो अस्पताल वीर अस्तालमा हेल्प नेपाल नेटवर्क र रत्नाग्यको सहयोगका कोभिड स्क्रिनिङ हेल्थ डेस्क स्थापना गरिएको छ।

सोमबार एक कार्यक्रमबीच हेल्प नेटवर्कका स्वास्थ्य संयोजक लता घिमिरे र रत्नाग्य प्रोजेक्टकी संयोजक बिन्दिया कार्कीले वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीलाई कोभिड स्क्रिनिङ हेल्थ डेस्क हस्तान्तरण गरेका थिए।

उक्त कोभिड स्क्रिनिङ हेल्थ डेस्कमार्फत कोभिड र ननकोभिड बिरामीले सेवा लिन सक्ने हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिए।

हेल्थ डेक्स स्थापना भएपनि कोभिड र कोभिड नभएका विरामीको चेकजाँचमा सहजता हुने अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *