तोलामा ४ सय बढ्यो सुन

डिसी नेपाल
६ माघ २०७७ ११:२४

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। मंगलबार ४ सय रुपैयाँ बढेर छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै मंगलबार तेजावी सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको छ। सोमबार तोलामा १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *