लगातार बढिरहेको नेप्सेमा मंगलबार सामान्य गिरावट

डिसी नेपाल
६ माघ २०७७ १६:३७

काठमाडौं। कारोबारोको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ। केही समय यता लगातार बढिरहेको नेप्से मंगलबार ५ दशमलव ५७ अंकले घटेको हो। यो सँगै नेप्से परिसूचक २ हजार ३ सय २६ दशमलव ९० बिन्दुमा पुगेर  बन्द भएको छ।

मंगलबार २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयरको खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार भन्दा धेरै रकम कारोबारो भयो।

मंगलवारको कारोबार दिनमा २०६ ओटा कम्पनीमध्ये ५५ ओटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ११५ ओटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेका छन्।

प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै वृद्धि हुँदा सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९१ करोड ९७ लाखभन्दा बढी सयेर कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *