रु ५०० ले उकालो लाग्यो सुनको मूल्य

डिसी नेपाल
७ माघ २०७७ १२:३५

काठमाडाैं। स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ। प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ।

चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो। चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *