जग्गा धनीलाई थाहा नै नदिई जग्गा ७२ लाखमा बेचेपछि…

डिसी नेपाल
७ माघ २०७७ १७:२१
232
Shares

काठमाडौं। जग्गा धनीसँग हुने जग्गाधनी पुर्जा नभएसम्म सो जग्गाको किनबेच असम्भव हुन्छ। त्यसैले जग्गा धनीहरु आफूसँग रहेको जग्गा धनी पुर्जामा विश्वास गर्छन्। तर जग्गाकोकिनबेच कारोबारमा जग्गा धनीको नाम सारी गर्ने सरकारकारी निकायका कर्मचारीले चाहे भने जग्गा धनीलाई थाहा नै नदिएर जग्गा बेचिदिन सक्ने रहेछन्। यस्तै घटना काठमाडौंमै भएको छ।

काठमाडौंको साविक थानकोट–५ मा रहेको मीना खड्काको नाममा रहेको २० आना जग्गा मालपोतका कर्मचारीले खड्कालाई जानकारी नै नदिएर बेचिदिएका हुन्। मालपोत कार्यालय कलंकी शाखाका तत्कालिन प्रमुख शाखा अधिकृत दिपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठले सो जग्गा बेचेर ७२ लाख रुपैयाँ बुझेको भन्दै उजुरी परेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार वास्तबिक जग्गाधनी मीना खड्का तत्काल बेल्जियममा रहेको अबस्थामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेको पाइएको छ। सो जग्गा मालपोत कार्यालयका शाखा अधिकृत दिपक दाहालबाट नासु नारायण श्रेष्ठलाई डोर खटाई कलंकी चोकस्थित होटलमा बसी गत वर्ष पुस २३ गते गते राजिनामा लिखत पारित गरिएको खुलेको प्रहरीले जनाएको छ।

बास्ताविक मीना खड्का बेल्जियममा रहेको बेला काठमाडौंमा नक्कली मीना खड्का खडा गरि जग्गा बेचेको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *