मानव अधिकार आयोगको अध्यक्ष हुँ भन्दै अमेरिका पठाइदिन्छु भनेर १५ लाख ठगी गर्ने पक्राउ

डिसी नेपाल
७ माघ २०७७ २०:२१

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका ७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका ५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

तुलसीले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै विश्वास दिलाई पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *