तातोपानी नाका २० दिनका लागि बन्द
काठमाडौं। नेपाल र चीनबीच व्यापारिक आयात निर्यात हुने प्रमुख नाका सिन्धुपालचोकको तातोपानी नाका २० दिनका लागि बन्द भएको छ। चिनियाँ पक्षले बुधबारदेखि नै नाका बन्द गरेको हो। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार पुल मर्मतका लागि भन्दै नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले दिएको छ।
यो नाका कोरोना महामारीका कारण यसअघि पनि पूर्ण क्षमतामा सुचारु हुन सकेको थिएन। पटक पटक यो नाका बन्द हुँदै आएको थियो। अब नाका २० दिनका लागि बन्द हुने भएपछि नेपाललाई सामान आयत गर्न समस्या हुने देखिएको छ।
यसअघि नै चीनबाट सामान आयत गर्ने व्यवसायीहरुले चीनसँगको नाका सञ्चालनमा सहजताका लागि पहल गर्न सरकारलाई सुझाव दिँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment